हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको उपमेयर राजेश बाँनियाको गाडीमा ट्याक्टर ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्याक्टर चालकको मृत्यु भएको छ ।
ट्याक्टर चालक हेटौंडा–५ शान्तिनगर बस्ने बर्ष–५२ को लाल बहादुर वाईबाको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।
गत बैशाख २७ गते उपमेयर बाँनियाको पार्कीङ गरी राखेको ना ४ च ४१४२ नम्बरको गाडीमा खेत जोतेर आउदै गरेको बा प्र ०३–००१ त ३१८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर ठोक्किँदा वाईबा गम्भीर घाइते भएका थिए ।उनको उपचारको क्रममा बुधबार दिउँसो २ बजेर ४६ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।