प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

स्वीमिङ पुलमा डुबेर एक जना बालकको मृत्यु

२०८० जेठ २८, आईतबार १०:३१ बजे

काठमाडौं – पोखरामा स्वीमिङ पुलमा डुबेर एक जना बालकको मृत्यु भएको छ । शनिबार साँझ करिब ६ बजे स्वीमिङ पुलमा डुबेका एनेक्स थापाको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–८ दीप घर भएका १० वर्षीय थापाको मृत्यु भएको हो । वडा प्रहरी कार्यालय बगरको टोली र स्थानीयले पुलबाट बालकको उद्धार गरेर स्थानीय दीप अस्पताल लगिएको थियो । शनिबार सवा ७ बजे चिकित्सकद्वारा थापाको मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

घटना बारे स्वीमिङ पुल सञ्चालकमाथि छानविन भइरहेको जनाइएको छ ।