हेटौंडा – काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हिरोईनसहित एक जना पक्राउ परेका छन् । ५ ग्रामसहित मोरङ लेटाङ नगरपालिका-३ बस्ने २६ वर्षीय ईन्द्र राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
बा.प्र ०१–०२–००१ ख ९८३३ नम्बरको बसलाई जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण व्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरीले ईन्द्रलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।