प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

छोराको कुटाइबाट बाबुको ज्यान गयो

२०८० भाद्र २९, शुक्रबार १४:३५ बजे

दाङ – मादक पदार्थ खाएका एक स्थानीय व्यक्तिले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए ।

उनका अनुसार छोराको कुटपिटबाट सख्त घाइते प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो । छोरा सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको छ ।