प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा मोटरसाइकल दुर्घटना

२०८० असार २६, मंगलबार १४:०३ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ चित्रेपानीमा मोटरसाइकल दुर्घटना भएको छ । सोमबार साँझ चित्रेपानीबाट शिखरपानीतर्फ आउँदै गरेको ना.४५प ११३५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइक दुर्घटना हुँदा चालक स्थानीय २३ बर्षीय सुजन लामा र अमृत पाख्रिन घाइते भएका छन् । सुजनको टाउको र कुममा चोट लागेको छ भने अमृतको अनुहारमा । उनीहरुको दुबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । परीक्षणमा दुबैले मादक पदार्थ सेवनको पाईएको प्रहरीको भनाई रहेको छ ।