प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आठ जिल्लाको सिडिओ सरुवा: मकवानपुरबाट पाण्डे जाने, खोटाङ्गबाट सेढाई आउने

२०८० असार १, शुक्रबार १५:५३ बजे

हेटौंडा – मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको सरुवा भएका छन् । गृह मन्त्रालयका अनुसार उनी सरुवा भएर सिराहा जाने भएका छन् ।

शुक्रबार गृह मन्त्रालयले मकवानपुर सहित आठ जिल्लाको प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । जस अनुसार मकवापनुरमा खोटाङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाई आउने भएका छन् ।

पाण्डेले विं.सं.२०७९ अषाढमा मकवानपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा पदभार सम्भालेका थिए । अब उनको केही दिनमै विदाई हुनेछ भने सेढाईलाई स्वागत गरिनेछ ।

त्यस्तै गोपालवहादुर अधिकारी कन्चनपुरमा, सन्तवहादुर सुनुवार रोल्पामा, गोपाल प्रसाद अर्याल डोटीमा, भोजराज खतिवडा खोटाङमा कल्पना श्रेष्ठ नवलपुरमा र परमानन्द घिमिरे काभ्रेपलाञ्चोकमा सरुवा भएका छन् । उनीहरुलाई दुर्गम र सुगमको बसाई मिलाएर केही जिल्लाका सिडिओको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । 

त्यस्तै गृह मन्त्रालयकै केही कर्मचारीको विभिन्न निकाय र सहायक प्रजिअमा सरुवा भएको छ । कृष्णवहादुर खड्का कारागार मोरङमा, अनुज घिमिरे इप्रका धरानमा, गंगावहादुर क्षेत्री सहायक प्रजिअ कास्की र महेश पोखरेल गृह मन्त्रालयमा सरुवा भएका छन् ।