हेटौंडा – बागमती प्रदेशमा आज एकैदिन चार जनाले आत्महत्या गरेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार रामेछाप, काभ्रे, चितवन र मकवानपुर जिल्लामा एक–एक जनाले आत्महत्या गरेका हुन् ।
रामेछापको खाँडादेवि गाउँपालिका–४ पुराना गाउँस्थित भोजराज शिलवालको घरमा हुम्ला शिला गाउँपालिका–९ घर भई हाल श्री रक्तमाला मा.वि.मा पढाउने शिक्षक मुन बहादुर थापा आफु बसेको कोठामा मृत भेटिएका छन् । कोठाको दलिनमा घाँटिमा सलको पासो लगाएको अवस्थामा थापा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
काभ्रेको बनेपा नगरपालिका–८ बसपार्क पछाडी सलिन श्रेष्ठको घरमा डेरा गरी बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भएका वर्ष २२ की देबु श्रेष्ठ आफ्नै कोठामा मृत फेला परेकि छन् । कोठाभित्र पङ्खा अड्याउन राखिएको रडमा सलको पासो लगाएको अवस्थामा श्रेष्ठ मृत फेला परेको प्रहरीले जनाएको छ ।
चितवनको भरतपुर ममहानगरपालिका–१६ बस्ने वर्ष ४० को नकुल कार्की आफ्नै भान्छामा मृत भेटिएकी छन् । भान्छाकोठाको फलामको डण्डीमा प्लाष्टिकको डोरीले पासो लगाएर झुण्डी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ देउरालीस्थित जङ्गलमा एक पुरुष मृत भेटिएका छन् । रातोमाटे सामुदयिक जङ्गलभित्र सालको रुखमा नाईलनको डोरीले पाँसो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक ब्यक्तिको पहिचान खुलेको छैन । तीन पुरुष करिब २०र२२ दिन पहिला झुण्डिएको हुन सक्ने प्रहरीको अनुमान छ । अनुहार हात खुट्टा सुकिसकेको देखिएकोले उमेर एकिन गर्न नसकिएको र यस बिषयमा थप अनुसन्धान कार्य भईरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।