हेटौंडा – सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा दुई ओटा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
विराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ र विपरित दिशाबाट आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल शुक्रबार साँझ ६ बजे आपसमा ठोक्किँएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका ४४११ नम्बरको मोटरसाइकलका चालक मोरङको विराटनगरका ४६ वर्षीय ओझराज लुईंटेल, १४१० नम्बरको मोटरसाइकलका चालक सुनसरीको धरान उपमहानगरपालिका १५ का ४० वर्षीय राजन राई र पछाडी सवार ३२ वर्षीय रामु राईको उपचारको क्रममा विराटनगर स्थित आर्या न्यूरो अस्पतालमा शुक्रबार साँझ नै मृत्यु भएको प्रहरीले जनाएको छ ।