हेटौंडा – गाईगोरू चोरी निकासीमा संलग्न रहेको अभियोगमा बाराबाट चार जना पक्राउ परेका छन् ।
जिल्लाको प्रसौनी गाउँपालिका–५ प्रस्टोका टोलबाट अवैध रुपमा १२ वटा गाई गोरू चोरी निकासी गरिरहेको अवस्थामा जितपुर सिमरा उपमहानगरपालिका–४ बस्ने २० वर्षीय ईसलाम अंसारी सहित ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
हरपुरबाट भारततर्फ गाई गोरूहरू चोरी निकासी गरी लैजाँदै गरेको भन्ने सूचानाको अधारमा उनीहरूलाई उक्त गाई गोरू चोरी निकासी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेकाहरुको नाम सार्वजनिक गरेको छैन । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।