प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

स्कुटर दुर्घटना हुँदा श्रीमान श्रीमती घाइते

२०७९ जेठ ३१, मंगलबार ०५:१६ बजे

हेटौंडा – स्कुटर अनियन्त्रीत भई सडक छेउमा रोकि राखेको भ्यानमा ठोक्किँदा श्रीमान–श्रीमती जना घाइते भएका छन् ।

चितवनको भरतपुर महानगरपालिका १४ घान्द्रुङे चोकमा हिजो साँझ सकड छेउमा रोकि राखेको विद्युत प्राधिकरणको बा १ ञ २१५७ नम्बरको भ्यानमा एक दम्पती सवार ना ४० प १२३७ नम्बरको स्कुटर नियन्त्रण गुमाएर ठोक्किँएको थियो ।

घाइते हुनेमा स्कुटर चालक चितवनको भरतपुर महानगरपालिका १३ का अन्दाजी ५४ वर्षीय भोजराज सापकोटा र उनकी ५४ वर्षकै श्रीमती कल्पना काफ्ले सापकोटा रहेका छन् । उनिहरुको चितवन मेडिकल कलेज भरतपुर उपचार भइरहेको र भोजराजको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।