प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा अरिङ्गलको टोकाईबाट स्याङतानको ज्यान गयो

२०७९ आश्विन २७, बिहीबार ०६:०६ बजे

हेटौंडा – मकवानपुरमा अरिङ्गालको टोकाईबाट एक जनाको ज्यान गएको छ। भिमफेदी गाउँपालिका– ६ पारिबजार बस्ने ६२ वर्षीय कृष्ण बहादुर स्याङतानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार बुधकार दिउँसो घर नजिकैको कापडाडास्थित जंगलमा गोरु चराउन जादा स्याङतानलाई कालो अरिङ्गालले टोक्दा घाइते भएका थिए । स्याङतानलाई अरिङ्गालले टोक्ने विक्तिकै अस्पताल ल्याइएको भए पनि हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि चितवनको कुलहर अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रवक्ता कार्की जानकारी दिए ।