प्रहर खबर
 २०८१ जेठ ६, आईतबार    

हेटौंडा १९ बाट थपलिया र चौरासिया पक्राउ

२०८० आश्विन २६, शुक्रबार १६:१९ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट बिहीबार अवैध लागूऔषध गाँजा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुर बस्ने ४१ वर्षीय अर्जुन प्रसाद थपलिया र पर्सा बेलबासी गाउँपालिका–४ बस्ने ४० वर्षीय बिनोद चौरासिया रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले बा.प्र.०३–००१च ११७६ नम्बरको गाडी र ना.५३ प ६११४ नम्बरको मोरसाइकललाई जाँच गर्ने क्रममा गाडीबाट करिब ४० केजी लागूऔषध फेला पारी गाडीका चालक थपलिया र घटनामा संलग्न मोटरसाइकल चालक चौरासियालाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।