प्रहर खबर
 २०८१ बैशाख १९, बुधबार    

हेटौंडा वितरण केन्द्रद्वारा पैसा नतिर्ने ग्राहकको नामावली सार्वजनिक, असार मसान्तभित्र तिरे १० प्रतिशत छुट

२०८० जेठ ७, आईतबार ११:१८ बजे

हेटौंडा – कालोसूचीमा रहेका ग्राहकहरूले आउँदो असार मसान्तभित्र बाँकी विद्युत महशुल बुझाउँदा १० प्रतिशत छुट नपाईने भएको छ । आइतरबार नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले कालोसूची रहेका ग्राहकहरुको नामावली सार्वजनिक गर्दै बाँकी बक्यौता बुझाउन आग्रह गरेको छ ।

सार्वजनिक विवरण अनुसार हेटौंडा वितरण केन्द्रको क्षेत्राधिकारभित्र ५ सय ४२ जना ग्राहक कालो सुचीमा रहेका छन् । कालोसूचीमा परेपछि सार्वजनिक गरिएका ग्राहकहरुको तीन पुस्ते विवरणहरु सहित जिल्ला प्रशासन कार्यालय, नापी, मालपोत, उपमहानगरपालिका, गाउँपालिका एवं वडा कार्यालयहरूमा पठाउने तयारी भइरहेको नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले छ।

कालोसूचीमा रहेका ग्राहकहरुबाट नेपाल विद्युत प्राधिकरण ऐन २०४१ अनुसार सरकारी बाँकी महशुल असुलउपर गरिने समेत जनाएको छ ।