हेटौंडा – भक्तपुर नगरपालिका–६ महालक्ष्मीबाट करिब १ किलोग्राम लागूऔषध पोल्याण्ड सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका–८ घर भई काठमाडौं बालाजु बस्ने ३० वर्षीय सुनिल स्याङतान र मकवानपुर थाहा नगरपालिका–७ घर भएका १७ वर्षीय किशोर रहेका छन् ।
बाग्मती प्रदेश ०२–०२० प ४८०३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पोल्याण्ड सहित फेला पारी मोटरसाइकल चालक सुनिल र मोटरसाइकलमा सवार किशोरलाई सोमबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सांकेतिक तस्वीर