प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा–१५ बाट पाँच जना पक्राउ

२०८० कार्तिक १९, आईतबार २०:२२ बजे

हेटौंडा – मकवानपुर प्रहरीले आज आइतबार एकैदिन लागुऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नंं.१५ चुरियामाई पिपल चौताराबाट १० किलोग्राम गाँजा सहित भारत मोतिहारी थानाआधापुर पोष्ट ग्राम औरया जमुनभार बस्ने बर्ष २२ को सदुला अन्सारी र भारतको मिर्जापुर बस्ने बर्ष २४ को रजनिस सिंङलाई प्रहरीले पक्राउ गरेको छ । चितवनबाट वीरगंजतर्फ जादै गरेको ना.६ ख.६७५४ नम्बरको बसमा सवार अन्सारी र सिंङको झोलाबाट प्रहरीले ५÷५ किलो गाँजा बरामद गरेको हो ।

त्यस्तै हेटौंडा–१५ रातोमाटे चेक पाईन्टबाट ९ किलोग्राम लागुऔषध गाँजा सहित मनहरी गाउँपालिका–८ बस्ने बर्ष ४० को मंगल थोकर, सोही स्थान बस्ने १८ को दिपक मोक्तान र सोही स्थान बस्ने बर्ष ५० को बुद्धि मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले नारायणघाटबाट वीरगंजतर्फ जादै गरेको ना.४ख ५९२२ नम्बरको बस तीनै जनालाई शंका लागेर चेकजाँच गर्दा उक्त गाँजा फेला परेको हो ।

दुबै घटनाको बारेमा लागुऔषध सहित पाँचै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।