प्रहर खबर
 २०८३ कार्तिक ४, मङ्गलवार    

मकवानपुरका थिङ बन्दुक सहित पक्राउ

२०७९ पौष २२, शुक्रबार १४:५४ बजे

हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाँउपालिका वडा नं. ७ सुकौराबाट भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुकौरा दुम्सी बस्ने ५४ वर्षीय मंगल सिं थिङ रहेका छन् ।

बिहिबार बिशेष सुचनाको आधारमा प्रहरीले थिङको घरकोठामा चेकजाँच गर्दा १ थान अबैध भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त भरुवा बन्दुक सहित थिङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।