हेटौंडा – साग टिप्ने क्रममा भीरबाट लडेर चिनवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१, द्रोपदी नगर बस्ने अन्दाजी ५०/५५ वर्षीय ईन्द्र बहादुर रिमाल रहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका अनुसार आफ्नै घर नजिकै रहेको राष्ट्रिय निकुञ्ज भित्र साग टिप्ने क्रममा अचानक भीरबाट लडेर रिमालको मृत्यु भएको हो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।