प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८० माघ १६, मंगलबार २०:३५ बजे

धनगढी – बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दोगडाकेदार गाउँपालिका वडा नम्बर २ कटौज पानीमा जिप दुर्घटना हुँदा दोगडाकेदार गाउँपालिका–८ कालागाउँकी १५ वर्षीया मनीषा विष्टको घटनास्थलमै मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश ०१००ज १५३७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। घाइते हुनेमा कालागाउँका ५० वर्षीय बिरे लुहार, २६ वर्षीय घुमरा विष्ट, ४० वर्षीय कृष्णा विष्ट, ७० वर्षीय हरिमाया विष्ट, १७ वर्षीय महेश विष्ट र ३० वर्षीय जिपभुपेन्द्र विष्ट रहेका छन्। घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

घाइते सात जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको छ। प्रहरीका अनुसार जिपमा आठ जना सवार थिए। जिप सडकबाट ५० मिटर तल खसेको बताइएको छ।