प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

योद्धा गाडीको ठक्करबाट थापाको मृत्यु

२०८१ भाद्र २९, शनिबार १९:०७ बजे

काठमाडौं – नारायणगढ–मुग्लिन भरतपुर महानगरपालिका–१ स्थित सडकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगर पालिका वडा नम्बर १ रामनगर निवासी ६४ वर्षीय राम थापा रहेका छन् ।

शनिबार दिउँसो ४ स् २० बजे पानी ट्याङ्की ओरालोमा भएको सो दुर्घटनामा परी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

मुग्लिङबाट आपटारीतर्फ आउदै गरेको बा.प्र.०१–०२६ च ५५१९ नम्बरको योद्धा गाडीले विपरीत दिशाबाट जाँदै गरेको गरेको ग २ ख ८५५ नम्बरको बसलाई ठक्कर हुँदा सो दुर्घटना भएको हो। दुघटनाग्रस्त योद्दा गाडीले सडकमा गुडिरहेका थापा सवार साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।