प्रहर खबर
 २०८० फाल्गुन १०, बिहीबार    

यू–१९ एसिया कप: नेपालको लगातार दोस्रो हार

२०८० मंसिर २४, आईतबार २०:०४ बजे

काठमाडौं – एसिसी यू–१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । आइतबार भएको खेलमा अफगानिस्तानसँग नेपालले ७३ रनको हार बेहोरेको हो। अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १८८ रनमा अलआउट भयो।

नेपालका लागि ओपनिङ ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरे । तर पनि नेपाल पराजित हुन पुग्यो । अर्जुनले १०८ बलमा ९१ रन जोडे। उनले १०८ बल खेल्दा १३ चौका प्रहार गरेका थिए।

अर्का ओपनर विपित रावल शुन्य रनमा पेविलियन फर्कदा दिपक बोहोरा १५ र कप्तान देव खनाल २४ रनमा आउट भएका थिए । पाकिस्तानविरुद्ध अर्धशतक हानेका उत्तम मगर ४, आकाश त्रिपाठी शुन्य, गुलसन झा १७, दिपेश कँडेल ११, सुबास भण्डारी ८, हेमन्त धामी शुन्य रनमा पेविलियन फर्किएका थिए ।

पाकिस्तानका फरिदुन दाउदजइ र नसिर खान मारुफखिलले समान ३ तथा मोहम्मद यूनुसले २ विकेट लिएका थिए ।

वाहिदुल्लाह जादरान र खलिल अहमदले समान एक एक विकेट झारेका थिए ।

यूएईमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको अफगानिस्तानले ४९ दशमलव २ ओभरमा ८ विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो ।

जमसेद जदरानको शतकिय इनिङ्स खेले। उनले नटआउट १ सय ६ रनको शतकिय इनिङ्स खेल्दा ८ चौका प्रहार गरेका थिए । ओपनरद्धय खालिद तनिवला १० र वाफिउल्लाह तराखिल १५ रनमा आउट भएको अफगानिस्तानको इनिङ्समा अकरम मोहम्मदजई शुन्य रनमा पेविलियन फर्किएका थिए ।

जमसेदसँग मिलेर नुमाद शाहले ६० र रहिमुल्लाह जुमातीले ३५ रनको योगदान गरेका थिए । मोहमद युनिस २, खालेल अहमद १३ र नासिर खान ४ रनमा आउट भएका थिए ।पुछारका दुई ब्याट्सम्यान फरिदुन दाउदजई र वाहिदुल्लाह जादरान शुन्य रनमा आउट भए ।

नेपालका गुलसन झा, सुबास भण्डारी र हेमन्त धामीले समान २ तथा आकाश चन्द र दिपेश कँडेलले समान एक विकेट लिएका थिए ।

लगातार दुई खेलमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग खेल्नेछ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग हारेको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग खेल्नेछ ।