हेटौंडा – मकवानपुर प्रहरीले लागुऔषध गाँजाको मुद्दामा फरार रहेका दुई जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
प्रहरीले मकवानपुर थाहा नगरपालिका १२ बस्ने बर्ष ४४ बर्षीय राम स्याङ्तान र थाहा नगरपालिका ११ बस्ने ३७ बर्षीय बुद्धिमान तितुङलाई पक्राउ गरेको हो ।
स्याङ्तान लागुऔषध गाँजा मुद्दामा फरार रहेका थिए । उनलाई नगद ७५ हजार सहित ५ बर्ष कैद तथा तितुङलाई बिस हजार नगद सहित १ बर्ष कैद फैसला भएको थियो ।