प्रहर खबर
 २०७९ जेठ १४, शनिबार    

हेटौंडाका छोटे राजाहरु राती भयो कि भट्टिमा देख्न थाले: दिपक सिंह

२०७९ बैशाख २५, आईतबार १४:२८ बजे

हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का हेटौंडा उपमहानगरपालिका मेयरका उम्मेदवार दिपक बहादुर सिंहले हेटौंडामा छोटे राजाहरु भट्टि धाउन लागेको आरोप लगाएका छन् ।

बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्राचौरमा आयोजित सभालाई सम्बोधन गर्दै मेयरका उम्मेदवार सिंहले धर्म र सस्कृतीको रक्षाको लागि राजतन्त्र आवश्यक रहेको बताए । उनले भने, “सनातन हिन्दु राष्ट्रको राष्ट्रिको लागि छोटे राजा र बडे राजाबाट काम चल्दैन । अहिले हेटौंडामा छोटे राजाहरु राती भयो कि भट्टिमा देख्न थाली सकेका छन् । त्यस्ता राजा चाहिदैन ।” उनले देशलाई बचाउने हो भने राजसंस्था पुनस्थापन हुनु पर्ने दावी गरे ।