प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु, मृतकको सङ्ख्या ३८ पुग्यो

२०७९ आश्विन १३, बिहीबार १४:२१ बजे

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार डेंगु संक्रमणबाट २ जनाको मृत्यु भएको हो । योसँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एकै दिन ५४० जनामा डेंगु संक्रमण देखिएको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता २८ हजार १०९ जनामा डेंगु संक्रमण भइसकेको छ । हाल मुस्ताङबाहेक सबै जिल्ला डेंगु देखिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३ हजार १२५, सुदूरपश्चिम प्रदेशमा ८५० जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, गण्डकीमा ६ सय ७७, मधेश प्रदेशमा ४१३ र कर्णाली प्रदेशमा २३८ जनामा संक्रमण देखिएको छ ।