प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एनआरएनए घानाको अध्यक्षमा हेटौंडाका विकास सुवेदी

२०८० श्रावण १७, बुधबार ०८:३९ बजे

हेटौंडा – गैरआवासीय नेपाली संघ (एनआरएनए) घानाको अध्यक्षमा हेटौंडाका विकास सुवेदी चयन भएका छन् । आइतबार घानाको आक्रामा सम्पन्न वार्षिक साधारणसभाले सुवेदीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्षमा सुनिलकुमार चौधरी, महिला उपाध्यक्षमा धनु पाठक, महासचिवमा महादेव प्रसाद पाण्डे, सचिवमा झुगबहादुर थापा, कोषाध्यक्षमा सुमित शर्मा, सहकोषाध्यक्षमा रमेश बराल, महिला संयोजकमा कविता नेपाली र युवा संयोजकमा सुरज रोकामगर चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा सुष्मा चौधरी, उमानन्द खरेल, गंगादेवी ढकाल, सद्दाम हुसेन अन्सारी र वसन्त बिके निर्वाचित भएका छन् भने वरिष्ठ सल्लाहकारहरुमा दिनेशकुमार पाण्डेय, होमबहादुर बुढामगर, डा. शिवशंकर प्रसाद शाह र भानु पाठक चयन भएको अध्यक्ष सुवेदीले जानकारी दिए ।

उनका अनुसार पश्चिम अफ्रिकाको घानामा करिब एक सय नेपालीहरु रहेका छन् । अध्यक्ष सुवेदीले यहाँ कर्मथलो बनाएर काम गर्दै आएका नेपालीहरुको समस्यामा हातेमालो गर्दै समाधानका काम गर्ने बताए ।