प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाका स्याङतान र घलान पक्राउ

२०८० आश्विन ५, शुक्रबार ०२:२६ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका दुई जना लागुऔषध गाँजासहित बाराबाट पक्राउ परेका छन् । कोल्हबी नगरपालिका–२ भलुवाईखोरबाट २५ किलोग्राम लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१६ बस्ने ४३ वर्षीय रुद्र बहादुर स्याङतान र सोही उपमहानगरपालिका–१ बस्ने ३१ वर्षीय कुमार घलान रहेका छन् । अस्थाई प्रहरी पोष्ट बाराबाट खटिएको प्रहरीले तामागढीबाट कोल्हबीतर्फ आउँदै गरेको ना.२ ह २२२१ नम्बरको टेम्पुलाई जाँच गर्ने क्रममा ईन्जिनको भागमा बाँधी लुकाई छिपाई ५ वटा पोकामा राखेको उक्त गाँजासहित टेम्पो चालक रूद्ध बहादुर र टेम्पोमा सवार कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।