प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

तरुण दल हेटौंडा उपमहानर अध्यक्ष गिरीद्वारा पद परित्याग

२०७८ चैत्र ८, मंगलबार १०:३६ बजे

हेटौंडा – नेपाल तरण दल हेटौंडा उपमहानगरपालिका अध्यक्ष सुनिल गिरिले पद परित्याग गरेको घोषणा गरेका छन् । गिरीले मंगलबार सामजिक सञ्जाल फेसबुकमार्फत आफु कुनै पनी पदमा नरहेको घोषणा गरेका हुन् ।

“आज बाट आफु लाई नेपाली कंग्रेस पार्टीको यउटा साधरण कार्यक्रता मात्र भन्न रूचाउछु र अहीले सम्म पार्टी र कार्यक्रता अनी समाजको लागी केही गर्न सके सकीन ???सबै प्रती क्षमा याचना माग्दै ??आवस्यक परेको खन्डमा पार्टी र समाज हीतको नीमीत्त हदै सम्म गर्न तयार छु …….।आजकै दीन बाट कुनै पनी पदमा नरहेको र पार्टीको सीपाही मात्र रहेको यसै पोष्ट बाट जानकारी गराउदछु ….।”उनले फेसबुकमा लेखेका छन् ।

उनले एक सञ्चार माध्यमसंग आफुलाई पदको लोभ कहिल्यै नभएको तर पार्टीमा चाप्लुसीबाद हाबी हुँदा पार्टीको लागि निस्वार्थ काम गर्ने गरेका कार्यकर्ता पछि परेको बताएका थिए । उनले पार्टीमा आर्थिक हैसियत राम्रो बनाएकालाई मात्र प्रोत्साहित गर्ने गरेको भन्दै दुख समेत ब्यक्त गरेका थिए ।

कोभिड महामारीको समयमा निर्क महत्वपुर्ण भूमिका निर्वाह गरेका गिरी मकवानपुरे युवा पुस्ता माझ निकै परिचित छन् ।