हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ कमलडाँडास्थित एक घरमा एकजना मृत अवस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आईतबार बिहान कमलडाँडास्थित सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नं.११ स्थाई वतन भएको बर्ष २९ को भगवती भन्ने इन्द्र बहादुर माझी (तेस्रो लिङ्गी) मृत अवस्थमा फेला परेको हो ।
कमलडाँडास्थित डेरामा बस्दै आएका माझी आफ्नै डेरा कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको बिषयमा प्रहरीले अनुसन्धान गरिहरेको जनाएको छ ।