हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१२ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार सोमबार हेटौंडा–१२ बस्ने ४० बर्षीय दिलिप बहादुर रुम्बा मृत अवस्थामा फेला परेका हुन् ।
स्थानीय तिलक बहादुर घलानको केराबारीमा रुम्बा घोप्टो परेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको मुचुल्का पश्चात शव हेटौंडा अस्पतालमा ल्याएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।