हेटौंडा – गएको असार १२ गते हेटौंडा उपमहानगरपालिका–१५ बाट १ सय ६२ केजी लागूऔषध गाँजा सहित पक्राउ परेका हवल्दारसहित तीन जनालाई थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला अदालत मकवानपुरका जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको बिहीबार बसेको इजलासले गाँजा ओसारपसार गरेको आरोपमा चितवन राप्ती नगरपालिका–१ परेवाकोटका २० वर्षीय धनबहादुर स्याङ्तान, वडा नम्बर २ का ३६ वर्षीय सुनिल मोक्तान र तनहुँ घर भई चितवनमा कार्यरत प्रहरी हवल्दार३८ वर्षीय निमबहादुर गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
हवल्दार गुरुङ ईलाका प्रहरी कार्यालय भण्डारा चितवनमा कार्यरत थिए । तीनै जनालाई भीमफेदी कारागार पठाइसकेको छ । गुरुङ पक्राउ पर्नेवित्तिकै निलम्बित भइसकेका छन् ।
प्रहरीले गाँजासहित गाडी चालक धनबहादुर र सुनिललाई पक्राउ गरेको थियो । उनीहरुको बयानअनुसार हवल्दार गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो ।