हेटौंडा – मकवानपुरको बागमती गाउँपालिका वडा नं.५ सिक्रेदोभानमा पहिरो घर पुरिँदा ६ जना बेपता भएका छन् भने घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । अबिरल बर्षासंगै आएको पहिरोले मंगलबार विहान स्थानीय अक्कल बहादुर स्याङ्तानको घर पहिरोले पुरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ६० बर्षीय अक्कल बहादुर स्याङ्तान, उनको श्रीमती ५५ बर्षीया सन्तमाया स्याङ्तान, उनको छोरी २२ बर्षीया शिला पहरी, ज्वाई २५ बर्षीय जिबन पहरी, नाती ४ बर्षीय मिलन पहरी, नातिनी डेढ बर्षीय दिब्या पहरी र सिन्धुली हरिहरपुर गाउँपालिका वडा नं. १ कोकटी बस्ने १७ बर्षीय पासाङ घिसिङ पहिरोमा परेका हुन् ।
पहिरोमा परेका मध्ये सन्तमाया स्याङ्तानको उद्धार गरी स्थानिय मेडिकलमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । घटनास्थलमा पाँच जनाको प्रहरीको टोलीले उद्धार कार्य गरिरहेको उनले बताए ।