हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुर ओरालोस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।
२०८१ पुस १ गते राति करिब २३:४५ बजे पोखरातर्फबाट वीरगञ्ज जाँदै गरेको ना ६ ख ३४३१ नम्बरको कवाडी लोड गरेको ट्रकले बस्तिपुरतर्फ जाँदै गरेको बा.प्र.०३-००४ प ४४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरको मनहरी गाउँपालिका–३ पालदमारका ४० वर्षीय सरोज अर्यालको बाँया खुट्टामा गम्भीर चोट लागेको छ। उनलाई तत्काल उपचारका लागि सीएमसी चुरेहिल अस्पताल पठाइएको छ।
दुर्घटनापछि मोटरसाइकल र ट्रक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक चालक तनहुँको देवघाट गाउँपालिका–४ पिपलटारका ३१ वर्षीय श्यामलाल गुरुङ पनि प्रहरीको नियन्त्रणमा रहेका छन्।
दुर्घटनाका कारण सडकमा कुनै अवरोध नभएको मकवानपुर प्रहरीले जनाएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।