प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जोशीको जोसमा होस् गुमेपछि...

२०८० बैशाख २६, मंगलबार ०५:०३ बजे

हेटौंडा – ‘जहाँ इमोसन, त्यहाँ व्यापार’ त्यो शिक्षा क्षेत्रलाई पनि लिदा फरक नपर्ला । आफ्नो बालबच्चाको भविष्य बन्छ भने ऋण धन गरेर भएपनि खर्च गर्न पछि पर्दैनन् अविभावकहरु ।

तर यस्तो कुरा पर्वाह नगरी हेटौंडाका एक नीजि कलेजका संचालक पुरन बहादुर जोशीले जोसमा होस् गुमाउन पुगेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । कक्षा १२ को प्रवेशपत्र लिन पुगेका अविभावकसंगको संवादको क्रममा जोशीले चर्को स्वारमा बोलेको भिडिओ फेसबुकमा भाइरल बनेको हो ।

कुरा हो, सोमबार दिउँसोको । हेटौंडा स्कुल अफ म्यानेजम्यान्टले शुल्क नबुझाउने विद्यार्थीको प्रवेश पत्र रोक्यो । त्यस्तै हेटौंडा उपमहानगरपालिका वडा नं.१ चौकिटोलका झुलेन्द्र श्रेष्ठका छोरा युनिकको पनि रोकिएको थियो । छोराको प्रवेश पत्र लिन झुलेन्द्र र उनको श्रीमती कलेज गए ।

कलेजमा बुझ्दा युनिशले कलेजलाई तिर्न बाँकी ५७ हजार देखायो । तर युनिशका बाबु झुलेन्द्रसंग तेति पैसा थिए । पुरा रकम नभएपछि कलेजको लेखा शाखाले प्रवेश पत्र दिएन् ।

त्यसपछि उनीहरुले कलेज सञ्चालक पुरन बहादुर जोशी समक्ष आर्थिक मन्दीका कारण सबै पैसा जुटाउन सकिएन, अहिले ३० हजार छ, बाँकी पैसा २/४ दिनमा तिछौँ, प्रवेश पत्र दिनुपर्यो सर ? प्रस्ताव राखेका थिए ।

त्यो प्रस्ताव सञ्चालक जोशीले ठाडै अस्वीकार गरे । आउँनु भाछ, पैसा लिएर आउँनु भाछ, पैसा दिनुपर्यो, हुँदैन हुँदैन, तपाईको बोलिले अझै दिदैन म ल, के गर्नुहुन्छ, मार्नु हुन्छ, पैसा तिर्न जाने हो, तिर्ने हो इख छ भने तिर्ने हो, उनले चर्को स्वारमा भनेका छन्, इख छ भने तार्ने हो, धम्की मलाई नदिनु, कुरा बुझ्यो नी !

त्यसपछि युनिशका अविभावक केही बल्न खोज्छन् त्यो कुरालाई सुन्दै नसुनी धम्कि दिएर धम्क्याउने होइन्, फिस तिर्ने, लिएर जाने हो जोशीले यस्तो भनेको भाइरल बनेको भिडिओमा सुन्न सकिन्छ ।

मकवानपुरको शैक्षित गुणस्तर सुधारमा जोशी ठुलो योगदान रहेपनि यो घटनाले उनलाई बिवादमा ल्याएको छ । ३० सेकेण्डको भिडिओ मात्रै हेरेर  ‘को सही, को गलत’ छुट्याउन नसकिने भिडिओ हेर्ने एक पक्षको तर्क छ भने अर्को पक्षले जोशीलाई नै दोषी देखाएका छन् ।

भविभावक नै धम्कीपुर्ण शैलीमा प्रस्तुत भएपछि जोशी कडा रुपमा प्रस्तुत भएको उनी निकटस्त व्यक्तिहरु बताउँछन् ।  त्यहाँ भएको के थियो ? कलेज सञ्चालक जोशीसंग कुरा बुझ्न सम्पर्क गर्दा उनको फोन उठेन ।

धादिङमा कक्षा १२ कै एक विद्यार्थी कलेजको शुल्क तिर्न नसकेको कारण देखाउँदै आत्महत्या गरेको घटनाको स्मरण गर्दै शैक्षिक शुल्ककै कारण विद्यार्थीलाई मानसिक तनाव र दवाब श्रृजना हुने अवस्था श्रृजना गर्नु राम्रो पक्ष नभएको जानकारहरु बताउँछन् । यस बारेमा विद्यार्थीसंग जोडिएका सबै पक्षले गम्भीर भएर मनन् पर्ने उनीहरुको भनाई छ ।

भाइरल बनेको भिडिओ