प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा भीरबाट लडेर एक जनाको मृत्यु

२०८१ जेठ १८, शुक्रबार २०:०६ बजे

हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.८ ओखरडाँडामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ३५ बर्षीया कल्पना थिङ स्याङ्तान रहेकी छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार बिहीबार लाखुरेडाँडा भीरबाट करिब १०० मिटर तल खोल्सामा खसेर स्याङ्तान मृत अवस्थामा भेटिएकी थिइन् । उनको मानसिनक सुन्तुलन ठिक नभएको प्रहरीको भनाई छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।