हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्याङबाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ गरेको छ । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत मनहरी तर्फबाट वीरगञ्जतर्फ जादै गरेको ना ६ ख १५८६ र सोही दिशाबाट आउदै गरेको ग ७ ख २२४० नम्बरको यात्रुबाहक बसलाई रोकेर चेकजाँच गर्ने क्रममा दुईजनालाई मंगलबार १० केजी ३५० ग्राम गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा १५८६ नम्बरको बसमा सवार पर्सा मधुवन गाउँपालिका वडा नम्बर–२ बस्ने ४० वर्षिय सलामा खातुन र ना २ ख २२४० नम्बरको बसमा सवार हेटौंडा–१५ बस्ने ३२ वर्षिय सामुएल प्रजा रहेका छन् । उक्त लागुऔषध सहित दुबैलाई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।