हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१६ पानीसारामा एक घर जलेर नष्ट हुँदा ६ लाख बराबरको क्षति भएको छ ।
आइतबार बिहान स्थानीय मान बहादुर घलानको एक तल्ले कच्ची घरमा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा घर, घरभित्र रहेको भाँडाकुडा, लत्ताकपडा, अन्नपातहरु पुर्ण रुपमा जलेर नष्ट भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार बिहान ११ बजेको समय घरमा लागेको आगो स्थानीयहरुको सहयोगमा करिब ४ घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीमा परेर मानविय र चौपायाको क्षति भने भएको छैन ।