प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चित्लाङ-थानकोट सडक बन्द

२०८० जेठ २६, शुक्रबार ०२:१६ बजे

हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडाबाट काठमाडौं जोड्ने गणेशमान सिंह मार्गको चित्लाङ–चन्द्रागिरि-थानकोट सडकखण्ड बन्द रहेको छ । चित्लाङ-चन्द्रागिरि-थानकोट सडक अन्तर्गत चाकाखुसीदेखि ठुलोचौर सडकखण्ड कालोपत्रे गर्ने क्रममा जेठ २५ गते बिहीबारदेखि एक साताका लागि बन्द गरिएको हो । 

थाहा नगरपालिका ९ को कार्यालयले गणेशमान सिंह मार्गको याकाखुसीदेखि ठुलोचौरसम्मको सडकखण्ड कालोपत्रे हुने भएकाले एक हप्तासम्मका लागि उक्त सडकमा अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधनका लागि बन्द रहने जनाएको छ ।

थानकोट-चन्द्रागिरि चित्लाङ सडकको चित्लाङतर्फ करिब दुई किमी खण्डमा कालोपत्रे गर्ने भइरहेको बताईएको छ । अत्यावश्यक र बिरामी बोकेका सवारीसाधनबाहेक अन्य सवारीसाधन अर्को सूचना नभएसम्मका लागि बन्द रहनेछ । वैकल्पिक मार्गको प्रयोग गर्न समेत आग्रह गरिएको छ ।