प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते

२०८० पौष ८, आईतबार ०८:११ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकाका स्थानीयहरुले दिनदिनै नजिकै पर्सा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको उपद्रो सहन बाध्य छन् । गएको दुई सातादेखि लगातार हात्तीको आतंकले मनहरीका स्थानीयहरुलाई सुरुमा अन्नबाली र घरगोठ जोगाउन मुस्किल थियो ।

हात्तीले मान्छेलाई आक्रमण गर्न थालेपछि ज्यान जोगाउन मुस्किल परेको छ । स्थानीयको घरगोठ र अन्नपातमा क्षति गर्दै रजाई गरेको हात्तीले मान्छेलाई आक्रमण गरी घाइते बनाएपछि ज्यान जोगाउन मुस्किल परेको हो ।

शनिबार राती ११ बजेर ४५ मिनेटको समयमा मनहरी गाउँपालिका–७ बिजौना बस्ने ५१ बर्षीया कान्छिमाया तामाङलाई आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार घर बाहिर निस्किएकी तामाङलाई अचानक जंगली हात्ति आएर आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट ढाडमा चोट लागेपछि उनी बेहोस भएकी थिइन् ।

स्थानीय उनको उद्धार गरी प्राथामिक स्वास्थ्य केन्द्र मनहरीमा लगिएकोमा उपचार सम्भव नभएपछि पुरानो मेडिकल कलेज चितवन लगिएको बताईएको छ । स्थानीय र सुरक्षाकर्मीको टोलीले हात्तीलाई रातिनै जंगलतर्फ लखेटेका थिए ।

भौतिक क्षति भए, नभएको भने खुल्न बाँकी रहेको छ ।

यो पनि पढ्नुहोस् 

मनहरीमा जंगली हात्तीले आतंक मच्चाउन छाडेन

मनहरीमा हात्तीको श्रृङ्खलाबद्ध वितण्डा, घर बाहिर निस्कन रोक

मकवानपुरको मनहरीमा बाघपछि हात्तीको आतंक

मकवानपुरमा जङ्गली हात्तीको उपद्रो