चितवन – चितवन जिल्लामा भएको १४ औँ संस्करणको बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ प्रतियोगिताको एथ्लेटिक्सतर्फ मकवानपुरले करिब ९वटा पदक प्राप्त गर्दै तृतीय हुन सफल भएको छ ।
मंगलबार चितवन जिल्लाको चित्रवन रंगशालामा भएको प्रतियोगितामा ३ वटा स्वर्ण, १ वटा रजत र ५ वटा कास्य पदक प्राप्त गर्दै मकवानपुर जिल्ला प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा तृतीय हुन सफल भएको हो । मकवानपुुरबाट १ सय मिटर दौडमा जीकेश सापकोटाले १ वटा स्वर्ण, २ सय मिटर दौडमा रजत र १ गुुणा ४ सय मिटर रिले दौडमा कास्य पदक जितन सफल भएका छन् ।
यस्तै मकवानपुरकी दीना गोपालीले १ सय मिटर दौडमा कास्य, २ सय मिटर दौडमा स्वर्ण र ४ सय गुुणा ४ मिटर दौडमा रजत पदक र १ सय गुणा ४ मिटरको दौडमा कास्य पदक प्राप्त गरेकी छिन् । त्यस्तै सुविनले लङ जम्पमा १ वटा स्वर्ण प्राप्त गरेका छन् । एथ्लेटिक्सतर्फका खेलाडीहरुको प्रतिनिधित्व गर्न टिमकोचको रुपमा रज्जिता फुयाल, सन्धया श्रेष्ठ, सन्देश तमाङ र डेबीट मिजार गएका थिए ।
गत वर्ष एथ्लेटिक्सतर्फको प्रतियोगितामा मकवानपुरले ६ वटा स्वर्ण पदक प्राप्त गर्न सफल भएको थियो ।
कराँतेर्फ मकवानपुरलाई ५ वटा कास्य र एउटा रजत पदक
कराँतेमा मकवानपुरले ५ वटा र रजत र १ वटा कास्य गरी ६ पदक प्राप्त गरेको छ । चितवनको भरतपुुर नगरपालिका वडा–१० को कर्भड हलमा सोमबार र मंलबार २ दिन सम्म सञ्चालन भएको प्रतियोगितामा सहभागी भएका १२ मकवानपुरका खेलाडीहरु मध्य ५ जना खेलाडीहरुले कास्य । एक जनाले रजत पदक प्राप्त गर्न सफल भएको टिम कोच तथा अइएसएफ मान्यता प्राप्त रोसिक श्रेष्ठले जानकारी दिए ।
मकवानपुरको प्रतिनिधित्व गर्ने ४२ केजी तौल समुहबाट राज भोलनले रजत पदक प्राप्त गरेका छन् । ५२ केजीबाट सोमराज पाख्रिन तृतीय, ४२ केजी तौल समुहबाट राज भोलन तृतीय, ५२ केजी तौल समुहबाट सोमराज पाख्रिन तृतीय, ५७ केजीबाट एस नेपाल तृतीय र ६२ केजीबाट सुशीला श्रेष्ठ तृतीय भएका छन् । बाहिरी जिल्लामा भएको प्रतियोगितामा मकवानपुरे रेफ्रिको अभाव भएको कारणले पनि ५ वटा कास्य र १ वटा रजत पदकमा चित्त बुझाउनु परेको उनले बताए ।
तेक्वान्दोतर्फ मकवानपुरकी नेगीलाई स्वर्ण
तेक्वान्दोतर्फको प्रतियोगितामा मकवानपुर जिल्लाकी समीक्षा नेगीले मात्र स्वर्ण पदक प्राप्त गर्न सफल भएकी छिन् । मंगलबार चितवनको कर्भड हलमा सम्पन्न भएको खेलमा प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाकी वडा–१४ स्थित मयुर धापकी समीक्षा नेगी प्रथम तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बन्न भएकी हुन् । मकवानपुरबाट सहभागी भएका १२ जना मध्य नेगीले मात्र स्वर्ण पदक प्राप्त गर्न सफल भएको टिम कोच बिमल विकले जानकारी दिए।
१३ औ संस्करणको प्रदेशस्तरीय प्रतियोगितामा २ वटा रजत र १ वटा कास्य गरी ३ वटा पदक प्राप्त गर्न सफल भएको मकवानपुरले यो वर्ष १ वटा स्वर्ण मात्र प्राप्त गर्न सफल भएको बिकले जानकारी दिए ।
उसु प्रतियोगिता मकवानपुरलाई २ वटा पदक
उसु प्रतियोगितामा मकवानपुरका २ जना खेलाडीहरुले रजत पदक प्राप्त गरेका छन् । मंगलबार काठमाडौँ त्रिपुरेश्वर रंगशालामा सम्पन्न भएको खेलमा ४२ केजीतर्फ संगम मोक्तान र ४२ केजीमा छात्रा खेलाडीले रजत पदक प्राप्त गर्न सफल भएका हुन् । प्रतियोगितामा मकवानपुरबाट १२ जना खेलाडीहरु सहभागि भएका मकवानपुर जिल्ला उसु संघका सचिव विश्वाथ पाठकले बताए ।
प्रतियोगितामा मकवानपुरको विभिन्न पालिकाहरुबाट करिब ९८ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।