मकवानपुर – जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आजबाट देशैभर माओवादीले विभिन्न कार्यक्रम गरि अभियान थालनी गरेको छ । अभियान अन्तर्गत मकवानपुरको बकैया गाउँपालिकाको सम्पूर्ण वडाहरुमा कार्यक्रम गरिएको उक्त पार्टीका बकैया गाउँपालिका अध्यक्ष भक्तबहादुर खत्रीले जानकारी दिए ।
अभियान अन्तर्गत बकैयाको १ नं. वडामा श्रम शिविर सञ्चालन गरिएको छ । अभियान १ नं. वडाका कमाण्डर लोकनाथ गौतमको नेतृत्वमा रजुवादेखि चिसापानीसम्म अबरुद्ध रहेको सडकखण्ड मर्मत तथा नाली सरसफाई गरिएको हो । त्यस्तै, बकैया वडा नं. २ मा प्राकृतिक स्रोत साधनमा जनताको अग्राधिकार एवम् युरेनियम रक्षाको सवालमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । माओवादी केन्द्र बकैयाका सचिव विमल नेपालको कमाण्डमा भएको उक्त अन्तरक्रियात्मक कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता एवम् स्थानीयबासी सहभागी थिए ।

बकैया गाउँपालिका ३ मा जलजले—चिसापानी सडक सरसफाई गरि अभियानको सुरुवात गरिएको छ । पार्टीका बागमती प्रदेश कमिटी सदस्य ज्ञानसागर लामाको कमाण्डमा सरसफाई कार्यक्रम भएको हो । बकैया ४ नं. वडामा माओवादी पार्टीको गाउँपालिका स्तरीय कार्यालय उद्घाटनका साथै महेन्द्र मावि, रुद्र बाटिका, स्वास्थ्य केन्द्र, प्रहरी कार्यालय, हाटबजार क्षेत्र लगायत सार्वजनिक क्षेत्रहरु सरसफाई गरि अभियान उद्घाटन गरिएको छ । उक्त पार्टीका नेता परशुराम गौतमको कमाण्डमा सरसफाई एवम् कार्यालय उद्घाटन भएको हो ।
बकैया ५ मा जातीय पहिचान र सुशासन सम्बन्धि समसामयिक विषयमा अन्तरक्रियाका साथै पार्टीको विस्तारित बैठक गरि अभियानको सुरुवात गरिएको छ । पार्टीका केन्द्रीय सदस्य इन्द्र गौतम (जगतजंग)को कमाण्डमा उक्त कार्यक्रम भएको हो । बकैया ६ नंं. वडामा त्यहाँस्थित गौतमबुद्ध पर्यटन पार्क सरसफाई र जनसभा कार्यक्रम गरि अभियान सुरुवात गरिएको छ । सो पार्टीका नेता शंकरराज बानियाँ (सागर)को कमाण्डमा भएको कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता एवम् स्थानीयबासी सहभागी भए ।
बकैया ७ मा ३ महिने अभियान कार्यक्रमको समसामयिक विषयमा छलफल गरि अभियान उद्घाटन गरिएको छ । रामहरि गौतमको कमाण्डमा भएको कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता उपस्थित थिए । बकैया ८ मा जातीय पहिचान सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरि अभियान उद्घाटन गरिएको छ । ८ नं. वडास्थित महिला भवनमा भएको कार्यक्रममा पार्टीका कार्यकर्ता एवम् स्थानीय सहभागी थिए । उक्त वडामा नवराज चौलागाईंको कमाण्ड रहेपनि उहाँको अस्वस्थताको कारण ८ नं. वडाध्यक्ष विष्णु नेगी (विश्वास)को कमाण्डमा कार्यक्रम भएको थियो । त्यस्तै, बकैया ९ मा भ्रष्टाचार बिरोधी अभियान र पार्टीको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम गरि अभियान उद्घाटन गरिएको छ । उक्त पार्टीका नेता भवनाथ तिमल्सिनाको कमाण्डमा भएको कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता सहभागी थिए ।

बकैया १० मा भ्रष्टाचार बिरोधी अभियान र समसामयिक विषयमा अन्तरक्रिया गरि अभियान उद्घाटन गरिएको छ । उज्ववल वाईबाको कमाण्डमा भएको कार्यक्रममा स्थानीय नेता कार्यकता सहभागी थिए । त्यस्तै बकैया ११, मा पनि भ्रष्टाचार बिरोधी अभियान र यस अभियानमा पार्टीको भूमिकाबारे छलफल गर्दै अभियान कार्यक्रम उद्घाटन गरिएको छ । मओवादी केन्द्र बकैयाका अध्यक्ष एवम् बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीको कमाण्डमा उक्त वडामा कार्यक्रम भएको हो । त्यस्तै, बकैया १२ मा पनि भ्रष्टाचार बिरोधी अभियान र समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम गरि अभियान उद्घाटन गरिएको छ । उक्त पार्टीका नेता चन्द्र न्यासुरको कमाण्डमा सञ्चालित अभियान उद्घाटन कार्यक्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्ता र समर्थकहरु सहभागी थिए ।
बकैयाका सबै (१२ वटै) वडामा पार्टीले उत्साहजनक रुपमा घरदैलो अभियान सुरु गरेको अध्यक्ष खत्रीले बताए । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत पार्टीले यस गाउँपालिका अन्तर्गत सम्पूर्ण टोल, बस्तीका घर घरमा पुग्नेगरि योजना बनाएको पनि उनले बताए । देशभर जुन उत्साहसाथ अभियान सुरुवात भएको छ, सोही अनुरुप यस गाउँपालिकाको पनि हरेक घरहरुमा माओवादी पार्टी पुग्ने र पार्टीका एजेण्डाहरु लैजाने, जनताका समस्या, पीरमर्का बुझ्ने उनले बताए ।