हेटौंडा – मकवानपुरको हेटौंडा उपमहागनरपालिका वडा नं.३ तीनताप्केमा कार र हाईस एकआपसमा ठोक्किँएर दुर्घटना भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत आइतरबार अपराह्न सवाँ ४ बजे वीरगञ्जबाट भैरहवातर्फ जाँदै गरेको यूपी ५८ भि ५३७२ नम्बर भारतीय कार र विपरित दिशाबाट आउँदै गरेको बा २ ख नम्बरको हाईस एकआपसमा ठोक्किँएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीका अनुसार हाईसमा सवार ५ र कारमा सवार १ जना गरी ६ जना घाइते भएका छन् । जसमध्ये हाईसमा सवार २ जनामध्यम र ३ जना सामान्य घाइते भएका छन् भने कारमा सवार सामान्य घाइते भएका छन् । घाइते हुनेमा सबै नेपाली नागरिक रहेका छन् ।
उनीहरुको उद्धार गरी हेटौंडाको चुरेहिल अस्पतालमा पठाईएको प्रवक्ता कार्कीले बताए । राजमार्ग अबरोध नभएको र दुबै सवारी चालकलाई नियन्त्रणमा लिईएको उनले बताए ।
फाइल तस्वीर