प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा १ सय ११ किलो अवैध गाँजासहित एक जना पक्राउ

२०८१ माघ ३, बिहीबार ०८:०० बजे

हेटौंडा– हेटौंडा–१५ रातोमाटे चेकपोइन्टमा १११ किलो अवैध लागूऔषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन्। पूर्व–पश्चिम लोकमार्गको चेकजाँचका क्रममा हेटौंडाबाट निजगढतर्फ जाँदै गरेको बा ७ च २५१० नम्बरको पिकअप गाडीबाट गाँजा बरामद गरिएको हो।

गाडीका चालक, मकवानपुरको कैलाश गाउँपालिका–२, डाँडाखर्कका ३४ वर्षीय रावल स्याङ्वोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

गाडीको पछाडिको ढालाभित्र खाली क्रेटले छोपेर लुकाइएको अवस्थामा १११ किलो गाँजा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक स्यामु अर्यालका अनुसार गाडी र गाँजा बरामद गरी स्याङ्वोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।