प्रहर खबर
 २०८३ कार्तिक ६, बिहीवार    

७३१ पालिकाको नतिजा सार्वजनिक: कांग्रेसको १३ हजार र एमालेको ११ हजार बढी उम्मेदवार विजयी, अन्य पार्टी कति ?(विवरणसहित )

२०७९ जेठ ९, सोमबार १८:०३ बजे

हेटौंडा – स्थानीय तह निर्वाचन २०७९ अन्तर्गतको देशको अधिकांश पालिकाको मतगणना सम्पन्न भएको छ भने केहीको मतगणना जारी छ । निर्वाचन आयोगले सोमबार साँझ ७ बजे दिएको जानकारी अनुसार ७३१ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।

सार्वजनिक नतिजा अनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै ३१९ पालिका जितेको छ । नेकपा एमाले २०० पालिका जित्दा नेकपा माओवादी केन्द्रले १२० पालिका जितेको छ । जसपा नेपालले २९, नेकपा एकीकृत समाजवादीले १८, लोसपा नेपालले १४, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा र नागरीक उन्मुक्ति पाटीले ४–४ स्थानीय तहमा जित हासिल गरेको छ ।

जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता प्रगतिशिल पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी र विवेकशिल साँझ पार्टीले एकएक स्थानीय तहमा जित्दा स्वतन्त्रले ६ पालिकामा जितेको छ ।

जसमा सबैभन्दा बढी नेपाली कांग्रेसका विभिन्न पदका  १३ हजार ५३८ उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेको ११ हजार ६७१, नेकपा माओवादी केन्द्रको ४ हजार ३ , जसपा नेपालको १ हजार ४८१, नेकपा एकीकृत समाजवादीको ९७० उम्मेदवार बिजयी हुँदा ३८१ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

हेर्नुहोस, यस्तो छ दलगत बिवरण 

election 1111111653328852