प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बागमती प्रदेशका स्वास्थ्यमन्त्री लामा अस्वस्थ

२०७९ भाद्र १४, मंगलबार ०४:११ बजे

हेटौंडा – बागमती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामालाई कोरोना सङ्क्रमण भएको छ  ।  शनिबार  बेलुकादेखि स्वास्थ्यमा असहज भएपछि अस्पतालमा स्वास्थ्य जाँच गर्दा आइतबार कोरोना सङ्क्रमण पुष्टि भएको  हो ।

लामा अहिले घरमै आइसोलेसनमा बसेर उपचाररत हुनुहुन्छ । प्रदेशका स्वास्थ्यमन्त्री लामाले आइतबार राति सामाजिक सञ्जालमा लेख्नुभएको छ,  “हिजो बेलुकादेखि स्वास्थ्यमा केही असजिलो महसुस भई घरमा आराम  गर्ने निधो गरेँ । औषधि लिएपछि ठीक होला भन्ने आशा थियो तर  केही सुधार देखिएन  ।

लगत्तै डाक्टरको सल्लाहबमोजिम आज बिहान अस्पतालमा  स्वास्थ्य जाँच गर्दा डेङ्गुको लक्षणसँग मिल्दो जुल्दो भएकाले परीक्षण गरियो तर रिपोर्ट  नेगेटिभ आयो ।” कोभिड–१९  परीक्षणका लागि पीसीआर परीक्षण गर्दा भर्खरै पोजेटिभ देखिएकाले घरमै आइसोलेसनमा बस्ने  निधो गरेको छु, उहाँले अगाडि लेख्नुभएको छ ।