हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.८ कमाने शान्तिटोलमा सोमबार बिहान बोर्डिङ स्कुल बसको ठक्करबाट एक जना घाइते भएका छन् ।
मिलनचोकबाट क्याम्पाडाँडातर्फ जादै गरेको ना.१क ६५३२ नम्बरको माउन्ट एभरेष्ट बोर्डिङ स्कूलको बसले ठक्कर दिँदा पैदलयात्री कमाने बस्ने बर्ष ७५ की पुर्ण कुमारी थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार घाइते थापाको निधारमा र हात खुट्टामा चोट लागेको छ । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक र बस इलाका प्रहरी कार्यालय पशुपतीनगरको नियन्त्रणमा रहेको बताईएको छ ।