प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ससुरालीबाट निस्किएका मकवानपुरका राई मृत भेटिए

२०७९ आश्विन २२, शनिबार ०४:४९ बजे

हेटौंडा -  मकवानपुरमा भिरबाट लडेर एक जनाकाे मृत्यु भएको छ । मनहरी गाउँपालिका-६ घर भई हाल ससुराली राक्सिराङ गाउँपालिका-९ धुरु बस्दै आएका ४० वर्षीय मनोज राईको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । 

कार्कीका अनुसार शुक्रवार साँझ ससुराली घरबाट मादक पदार्थ सेवन गरी आफुखसी निस्किएका राई अबेरसम्म नफर्किएपछि आफन्तले खोजतलास गरेका थिए । खोजतलास गर्ने क्रममा शनिवार विहान ससुराली घरदेखि करिब दुई किलोमिटर दक्षिण धुरु भिरबाट लडेर मृत अवस्थामा भेटिएको कार्कीले जानकारी दिए । 

घट्नास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान तथा मुचुल्का उठाउने कार्य भई रहेको प्रहरीले जनाएको छ ।