हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नं.११ सिरुडाँडामा बिहीबार सुमो र मोटरसाइकल एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
कान्तिलोकपथ सडकखण्डमा हेटौंडाबाट काठमाण्डौतर्फ जाँदै गरेको ना १ ज ८१६७ नम्बरको टाटा सुमो र बिपरित दिशातर्फ आउँदै गरेको ना ९ प ४१६९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घाइते हुनेमा मोटरसाइकल चालक मकवानपुरढी गाउँपालिका वडा नं.२ धरमपानी बस्ने बर्ष–२८ को एसबि तामाङ र सोही मोटरसाइकल पछाडी सवार
भिमफेदी गाउँपालिका वडा नं.२ भैसे बस्ने बर्ष–२२ को अमन मोक्तान रहेका छन् । घाइते दुबैको उपचारमा सुमो चालक संलग्न रहेको प्रहरीले जनाएको छ ।