प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सवारी दुर्घटनमा घाइते भएका क्षेत्रीको मृत्यु

२०८० बैशाख २२, शुक्रबार ०२:३४ बजे

हेटौंडा – सवारी दुर्घटनमा घाइते भएका एक युवाको उपचारको क्रममा मृत्यु भएको छ । काभ्रेपलान्चोक बनेपा नगरपालिका–६, घर भई चितवन, भरतपुर महानगरपालिका–२, क्षेत्रपुरस्थित डेरा गरि बस्ने ४२ वर्षीय धर्मराज कार्की क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार क्षेत्री ४/५ दिन आगाडि आफ्नै बा.प्र.०६–००२ प २१६५ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भएर पल्टिएर सामान्य घाईते भएका थिए । सिटि अस्पताल भरतपुरमा सामान्य उपचार पश्चात डेरामा गएका उनी पुनः बिरामी भएका थिए । उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।