प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राप्रपा नेपालका अध्यक्ष कमल थापा सूर्य चिन्हबाट चुनाव लड्ने भएपछि...

२०७९ आश्विन २३, आईतबार ०७:०८ बजे

हेटौंडा – मकवानपुर प्रतिनिधीसभा क्षेत्र नम्बर–१ मा रामेश्वर रानाको टिकट खोसेर कमल थापालाई दिएपछि एमालेका नेता कार्यकर्ताहरुले असन्तुष्टि जनाएको छन् । एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्लाका इन्चार्ज समेत रहेका रानाको टिकट खोसेर थापालाई टिकट दिएकोमा एमालेमा असन्तुष्टि देखिएको हो ।

थापा एमालेको चुनाब चिन्हबाट मंसिर ४ गतेको चुनाब लड्ने भएपछि राप्रपा नेताल मकवानपुरका नेता कार्यकर्ताहरु खुसी भएका छन् । कमल थापा सूर्य चुनाब चिन्हबाट चुनाव लड्न लागेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाको टिकट खोसेर थापालाई सूर्य चिन्हबाट चुनाव लड्ने एमाले अध्यक्ष केपी शर्मा ओलीसंग सहमती भएपछि रानाको टिकट खोसिएको हो ।

केन्द्रीय सदस्य रानाको टिकट खोसिएपछि सामाजिक सञ्जाल मार्फत नेता तथ कार्यकर्ताहरुले आफ्ना असन्तुष्टि पोखिरहेका छन् । पुराना र निष्ठावान नेताको टिकट खोसिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको हो ।

त्यस्तै थापालाई टिकट दिएपछि रुष्ट बनेका एमाले कार्यकर्ताहरुले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी समेत गरेका छन् । एमालेका कार्यकर्ताहरु पार्टी कार्यालय पुगेर तालाबन्दी गरेका हुन् ।

नेकपा एमालेको बागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारीले थापा सूर्य चिह्न लिएर चुनाव लड्ने निश्चित भएको बताए । एमाले मकवानपुरले थापाको जनमत नभएको भन्दै उनलाई उम्मेदवार बनाउन नहुने भन्दै यसअघि पार्टी अध्यक्ष ओलीकहाँ डेलिगेसन नै गएको थियो । तैपनि अन्तिम समयमा पनि ओलीले थापालाई आफ्नो पार्टीबाट उम्मेदवार बनाउने निर्णय गरेका हुन् ।