प्रहर खबर
 २०८१ जेठ १, मंगलबार    

हेटौंडामा पम्पको पंखाले काट्दा एक जना घाइते

२०८० माघ ६, शनिबार २०:२६ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.८ एचआईडीमा पम्पको पंखाले काट्दा एक जना घाइते भएका छन् । एचआईडीस्थित गाडीको ईन्जिन बनाउने वर्कसपमा काम गर्ने भारत मोतिहारी आधारपुर घर भएका २४ बर्षीय मुन्ना दास घाइते भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार साँझ गाडीको हावा हाल्ने पम्प बनाउने क्रममा अचानक पम्प चल्न गई पम्पको पंखाले दासको पेटमा काटेको हो । घाइते उनको उपचारको लागि हेटौंडा अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।