चितवन – भरतपुर महानगरपालिका वडा नं.१ नारायणी नदिमा एक पुरुष व्यक्तिको शव फेला परेको छ ।
बिहीबार पोखरा बसपार्क पछाडि नारायणी नदिमा पहिचान नखुलेको अन्दाजी ४५ बर्षीय पुरुषको शव फेला परेको बागमती प्रदेश प्रहरीका कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार शव नदिमा घोप्टो परेको अवस्थामा फेला परेको थियो । शव सडेगलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शव पहिचानको प्रयास र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।